Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

रोजेको मन्त्रालय नपाएपछि मन्त्री केसीद्वारा राजीनामा

रोजेको मन्त्रालय नपाएपछि मन्त्री केसीद्वारा राजीनामा

  • काठमाडौं । लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसी (नमुना)ले पदबाट राजीनामा दिएकी छिन् । मन्त्री भएको लामो समयसम्म पनि कुनै जिम्मेवारी नपाएको भन्दै केसीले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् ।

    images
    images
    images

    ‘लामो समयदेखि जिम्मेवारी नपाउने, पार्टीको भूमिकाप्रति आपत्ति जनाउँदै मन्त्रीज्यूले राजीनामा दिनुभएको हो’, स्रोतले भन्यो । केसी बाँके क्षेत्र नं.१ (क)बाट निर्वाचित सांसद हुन् ।

    पुस २७ गते केसीले मन्त्रीको रूपमा शपथग्रहण गरेकी थिइन् । तर, एक महिनासम्म पनि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन । मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री भएका थिए । तर, भागबण्डा नमिलेपछि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij