
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम राम्रो भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छिन् । आज संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम राम्रो हुँदा हुँदै कार्यान्वयन नभएको भन्दै त्यसको कार्यान्वयनमा लाग्न आग्रह गरेकी छिन् ।
‘हाम्रो नीति तथा कार्यक्रम राम्रो हुँदाहुँदै पनि कार्यान्वयन राम्रो हुन सकिरहेको छैन । त्यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।’ उनले भनिन् ।
त्यस्तै पछिल्लो समय विद्यालयमा छात्राको संख्या बढेको बताएकी छिन् । विद्यालयका छात्राको संख्या बढेको छ ।’ राष्ट्रपति भण्डारी भनिन् ।
त्यसका साथै उनीहरुको शिक्षामा राम्रो ध्यान दिनुपर्ने उनको धारण रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij