
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बदलिँदो राजनीतिक परस्थिति, राष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल गर्न लोसपाले फागुन १० गतेको कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
फागुन २५ गते हुने राष्ट्रपतिको चुनावका विषयमा धारणा बनाउन बैठक बस्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए ।
लोसपाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने तयारी गरिरहेको छ । यस विषयमा सो पार्टीले अन्य दलहरुसँग अनौपचारिक छलफल सुरु गरिसकेको छ । बैठकले यसबारेमा औपचारिक निर्णय गर्ने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij