
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञले जनाएका छन् ।
बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपीशर्मा ओलीको भेटले आज बैठक बस्ने तय गरेको थियो । तर, समय र स्थान तय नहुँदा बैठक अनिश्चित जस्तै भएको थियो । प्रधानमन्त्रीको सचिवालयले बैठक बस्ने जानकारी भर्खरै दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij