
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक नबस्ने सम्भावना देखिएको छ । बैठक बस्ने भनिए तापनि अहिलेसम्म बस्ने समय र स्थानको तय भइसकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच बालकोटमा भएको भेटले आज उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय गरेको हो ।
बैठकपछि प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्ने बताएका थिए । तर बैठक बस्ने नबस्ने टुंगो भइनसकेको उनको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij