Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एकाबिहानै पर्यटनमन्त्री किराँती एअरपोर्टमा

एकाबिहानै पर्यटनमन्त्री किराँती एअरपोर्टमा

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन् । आज (बिहीबार) बिहान ५:३० बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाइ गर्ने मजदुरको तारिफ गरेका छन् ।

    images
    images
    images


    उनले भने, ‘दिनरात चौबिसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदुर (ब्युटिसियन)हरूलाई हार्दिक धन्यवाद ! आंशिक सुधार हुँदैछ, आशा गरौँ पूर्ण सुधार हुने नै छ । एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ ।’

    अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् ।

    मन्त्री भएपछि किराती पटक पटक विमानस्थलको अनुगमनमा गइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij