
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । लुम्बिनी प्रदेश भुगोलबाट हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनको दाङ घोराहीमा मतदान सुरु भएको छ । केहीबेरअघिदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो ।
निर्वाचनमा सत्तारूढ दल नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु प्रतिष्पर्धामा छन् । जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।
तत्कालिन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij