
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन भएको छ । घलेलाई प्रोस्टेट क्यान्सरको समस्या रहेको जनाइएको छ ।पारिवारिक स्रोतका अनुसार मंगलबार उनको शिक्षण अस्पतालमा उपचारकका क्रममा निधन भएको हो ।
प्रोस्टेटको क्यान्सरपछि उनको लामो समय भारतमा उपचार भएको थियो । २०७४ सालमा घले कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक सांसद भएका थिए । मनाङका घले एक व्यवसायीसमेत हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij