
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
उनले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । माओवादी केन्द्रकी अर्याल सोमबार राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij