Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

अशोककै पक्षमा फैसला आयो 

अशोककै पक्षमा फैसला आयो 

  • काठमाडौं । प्रभु बैंकका सीइओ अशोक शेरचनले अबको दुई कार्यकाल बैंकको सीइओका रुपमा काम गर्न सक्ने भएका छन् । अदालतद्वारा शेरचनको पक्षमा यस्तो फैसला गरेको हो ।

    images
    images
    images

    प्रभु बैंकका सीइओ अशोक शेरचनविरुद्ध हालिएको मुद्धामा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनको कार्यकाल तेश्रो भएको र गैरकानुनी भएको दाबीसहित हालिएको मुद्धामा अदालतले अन्तरिम आदेश दिनु नपर्ने भन्दै शेरचनको पक्षमा आदेश दिएको हो ।

    बैंक तथा वित्तीय संस्था ऐन अनुसार नै सीइओको रुपमा रहेका शेरचनविरुद्ध उच्च अदालतमा मुद्धा परेको थियो । प्रभु बैंकका संचालक समिति, अशोक शेरचन लगायतलाई विपक्षी बनाएर परेको मुद्धामा अदालतले अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको हो । शेरचनलाई सीइओ पदमा बस्न रोक लगाउन अन्तरिम आदेशको माग गर्दै मुद्धा हालिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij