
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा पाँचवटा मन्त्रालयको जिम्मेवारी आएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेको थप दुई मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डलाई दिएसँगै उनको काँधमा पाँच वटा मन्त्रालय परेको हो ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले राजीनामा दिएका थिए । राष्ट्रपतिले दुईमन्त्रीको राजीनामासँगै रिक्त रहेको मन्त्रालयमा संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रचण्डलाई नै तोकेकी हुन् ।
त्यस्तै रास्वपाकै रवि लामिछाने गृहमन्त्री पदबाट बाहिरिएपछि सो मन्त्रालय पनि प्रचण्डले नै सम्हाल्दै आएका छन् भने वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij