
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरका प्रमुख तथा उपप्रमुखलाई राष्ट्रपति कार्यालय शितल निवास बोलाएका छन् । राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजे राष्ट्रपति कार्यालय बोलाइएको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारीले ललितपुर महानगरका प्रमुख/उपप्रमुख, गोदावरी नगरपालिकाका प्रमुख/उपप्रमुख र महालक्ष्मी नगरपालिकाका प्रमुख/उपप्रमुखलाई बोलाएका हुन् । यस्तै, महाँकाल गाउँपालिका, कोन्ञ्जोसम गाउँपालिका र वागमति गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षलाई समेत निम्तो दिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij