
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृह मन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको रास्वपाका एक नेताले बताए । बैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij