
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोगको कार्यालय पुगेका छन् । आफूलाई चितवन–२ बाट निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोगको कार्यालय पुगेका हुन् ।
सर्वोच्च अदालतले चितवन–२ मा पुनः निर्वाचन गर्न आदेश गर्दै त्यहाँबाट निर्वाचित सांसद रवि लामिछानेको पद खारेज गरिदिएको थियो । त्यहाँ लामिछाने ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका थिए भने श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए । १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।
श्रेष्ठले रविको नागरिकताको सम्बन्धनमा अगाडि नै उजुरी गरेपनि निर्वाचन आयोगले समयमै निर्णय गर्दा आफू अन्यायमा परेको बताए । उहाँको (रविको) निवेदन प्रक्रिया नै रद्द भएपछि म हुँ । मेरो दाबी हुनुपर्यो,’ श्रेष्ठले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij