
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित हात पारेको छ । शनिवार राति भएको खेलमा टोटेनहमले घरेलु मैदानमम लिड्स युनाईटेडविरुद्ध ३-० गोल अन्तरको सहज जित निकालेको हो ।
टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक-एक गोल गरे । खेलको २९ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४३ औं मिनेटमा सनले गोल गर्दा टोटेनहम २-० ले अघि बढ्यो । त्यस्तै, खेलको ५० औं मिनेटमा टोबीले गोल गर्दै घरेलु टोलीलाई ३-० को जित दिलाए ।
खेलको अन्तिम समय टोटेनहम १० खेलाडीमा समेटिएको थियो । म्याट दोहेर्टीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको हो ।
घरेलु मैदानको जितसँगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले १६ खेलमा २९ अंक जोडेको छ । लिड्स २३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij