Logo

Apr 20 2025 | २०८२, वैशाख ७ गते

Apr 20 2025 | २०८२, वैशाख ७ गते

सन्दीप राष्ट्रिय टिममा समावेश

सन्दीप राष्ट्रिय टिममा समावेश

  • काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को बोर्ड बैठकले हिजो सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चार वटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको जानकारी दिए ।

    छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले आज प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । र उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन् ।

    आज राष्ट्रिय टिमको ‘रेष्ट डे’ भएकाले भोलि मात्र उनको फिटनेस परीक्षण हुनेछ । ‘रेष्ट डे’ भए पनि केही खेलाडीले भने कीर्तिपुरमा प्रशिक्षण गरेका थिए, जसमा सन्दीप पनि सहभागि थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij