Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सरकारबाट बाहिरिने रास्वपाको तयारी

सरकारबाट बाहिरिने रास्वपाको तयारी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धनमा भएको सहमतिबमोजिम अघि नबढेको भन्दै रास्वपाले अब सरकारमा नरहने निर्णय लिन लागेको हो । यसअघि पार्टी सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

    images
    images
    images

    नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलापछि भने उनी सांसद र मन्त्रीबाट पदमुक्त भएका थिए । उनले सर्वोच्चको फैसलाबमोजिम नागरिता पूनः प्राप्ति गरेर गृहमन्त्रायमा नै फर्कने चाहना राखेका थिए । तर, प्रधानमन्त्री दाहालले भने अहिले सो मन्त्रालय आँफै राख्ने निश्कर्ष सुनाएका थिए ।

    आफ्नो अडानबाट दाहाल पछि नहटेकाले लामिछाने अब सरकारबाट बाहिरिने मुडमा पुगेका छन् ।  उनले आजै त्यसको संकेत गरेका छन् । अहिले दिउँसो ३ बजे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

    सो बैठकले सरकारबाट बाहिरिने निर्णय लिन लागेको पार्टीनिकट स्रोतको दाबी छ । रास्वपा सरकारबाट बाहिरिएलगत्तै सत्ता गठबन्धनमा संकट उत्पन्न हुने चर्चा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij