Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

नियमित साहित्यिक कार्यक्रमको १७८ औँ शृङ्खला सम्पन्न

नियमित साहित्यिक कार्यक्रमको १७८ औँ शृङ्खला सम्पन्न

  • दमौली । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको नियमित साहित्यिक कार्यक्रम अक्षरयात्राको १७८औँ शृङ्खला शनिबार दमौलीमा सम्पन्न भएको छ । ‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार हुने नियमित कार्यक्रम दमौलीमा गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले साहित्य समाजलाई सही बाटोमा हिँड्न मार्गनिर्देश गर्ने बलियो माध्यम भएको बताए । समाज र राष्ट्रमा व्याप्त कुसंस्कार, अनियमितता र विसङ्गतिलाई कलमका माध्यमबाट झक्झकाएर शासक र नीति निर्मातालाई दबाब सिर्जना गर्ने काम साहित्यकारले गर्दै आएको न्यौपानेले बताए ।

    AGNI GROUP

    व्यासका अध्येता काशीनाथ न्यौपानेले भगवान् वेदव्यासको जन्मभूमि दमौली आफैँमा साहित्यका हिसाबले उर्वर भूमि भएको बताए । अक्षरयात्रा कार्यक्रमका परिकल्पनाकार प्रकट पङ्गेनी शिवले साहित्यिक अभियानका रूपमा साहित्यिक पर्यटनको अवधारणाबाट अक्षरयात्रा कार्यक्रम शुरु गरिएको बताए । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका अध्यक्ष सागर उदासले अक्षरयात्रा कार्यक्रम दमौलीमा आयोजना भएको प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गजल सन्ध्यासँग सहकार्य गरी साहित्यिक गतिविधि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा साहित्यकार सञ्जीव पौडेल, कपिल शर्मा, मोहन क्षेत्री, प्रदीप रोदन, सुदेश सत्याल, आवाज शर्मा, उषा किरण तिवारी, शिव त्रिपाठी, नारायणी अधिकारी, गौकुमारी न्यौपाने, मन क्षेत्री, प्रमोद थापा, माधव खतिवडा, मैया सुवेदी, दिवाकर भट्टराई, लालमणि पोखरेल, अनिता दाहाल, प्रेम गिरी विशाल, अमृत क्षेत्री, बिनोद श्रेष्ठलगायतले रचना वाचन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij