Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

  • काठमाडौै । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् । उनले हिजो पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा राजीनामा दिएको सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार उनको राजीनामा स्वीकृत हुन भने बाँकी नै रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    हिजो राति अबेरसम्म भएको बैठकमा उनले राजीनामा दिएका हुन् । २०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए ।

    AGNI GROUP

    नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरुले हिजो अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए । यहीकारण पोखरामा आयोजित क्यानको बैठक हिजो ढिला गरी सुरु भएको थियो । बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij