
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।आज बिहान ९ बजे नेकपा एसले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो ।
माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, बेदुराम भुसाल र गङ्गालाल तुलाधर लगायतका नेताहरुले ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए ।
देशको अर्थतन्त्र गम्भीर सङ्कटतिर उन्मुख भइरहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीले आर्थिक सङ्कट समाधान गर्न सरकारले तत्काल चाल्नु पर्ने कदम र अपनाउनु पर्ने आर्थिक रणनीतिका २० बुँदा सरकारलाई सुझाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij