Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना मुक्त

मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना मुक्त

  • कर्णाली । कर्णाली प्रदेशका तीन जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।

    images
    images
    images

    यी तीन जिल्लामा कोरोनाका सबै बिरामी निको भएसँगै बाँकी सात जिल्लामा पनि निको हुने सङ्क्रमितको दर बढ्दै गएको मन्त्रालयको जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो । शाखा प्रमुख कँडेलका अनुसार निको हुन नसकेका जिल्लामा सुर्खेतमा १०३, सल्यानमा ३१, जाजरकोटमा १४, हुम्लामा ११, डोल्पामा नौ, जुम्लामा छ र दैलेखमा पाँच गरी जम्मा १७९ जना व्यक्ति अस्पताल तथा होम आइसोलेशनमा रहेका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणअनुसार यस प्रदेशमा १२ नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख कँडेलले बताउनुभयो । “यससँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ३६९ पुगेको छ”, उहाँले भन्नुभयो, “आज एक व्यक्ति निको भएसँगै कोरोनाबाट सङ्क्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्या सात हजार १९ पुगेको छ ।” 

    शाखा प्रमुख कँडेलले थप्नुभयो, “हालसम्म कर्णाली प्रदेशमा ९६ हजार १५८ व्यक्तिको आरटी पिसिआर परीक्षण गरिएकामा ७।६६ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमा ९५ प्रतिशत निको भइसकेका छन् ।” कोरोना सङ्क्रमणबाट आजका दिनसम्म कर्णालीमा २६ जनाले ज्यान गुमाएको मन्त्रालयको जनस्वास्थ्य शाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij