
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । गृहमन्त्रीको निर्णय गर्ने जिम्मा नेकपा (माओवादी केन्द्र ) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले प्रचण्डलाई उक्त जिम्मेवारी दिएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत शुक्रबार रबि लामिछानेको सांसद पद खारेजीको फैसला गरेको थियो । सांसद पद खारेज भएसँगै उपप्रधान एवं गृहमन्त्री रहेका लामिछाने पदमुक्त भएका थिए । त्यसपछि काठकाडौं जिल्ला प्रशासन कार्यालयमा पुगेर रबिले आइतबार पुनः नयाँ नागरिकता लिएका छन् ।
सोही अनुृसार लामिछानेले सत्ता गठबन्धनको शीर्ष नेतासँग भेटेर पुनः गृहमन्त्री बनाउन आग्रह गरेका छन् । गैरसांसदको रुपमा लामिछानेलाई गृहमन्त्री बनाउन प्रचण्ड सकारात्मक छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij