
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालयमा भएको कार्यक्रममा उनले शपथ लिएका हुन् ।
मुख्य न्यायाधिवक्ता नेपाललाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा यही माघ १२ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij