Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रचण्डकै पोल्टामा गृहको कमाण्ड

प्रचण्डकै पोल्टामा गृहको कमाण्ड

  • काठमाडौं । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने भएका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि गृहको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका हुन् ।

    images
    images
    images

    विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको उल्लेख छ ।

    सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि गृहमन्त्री लामिछानेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका थिए । लामिछानेले राजीनामा दिएलगत्तै प्रधानमन्त्री दाहालले गृह मन्त्रालयको जिम्मेवारी आफुले लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij