Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रवि लामिछानेको नागरिकता विवादको रिटमा बहस सुरु

रवि लामिछानेको नागरिकता विवादको रिटमा बहस सुरु

  • काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । अन्तिम दिनको सुनुवाइका लागि सर्वोच्च अदालतले तोके बमोजिम आजको सुनुवाइ सुरु भएको हो ।

    images
    images
    images

    लामिछानेले ०७२ सालमै नेपालको नागरिकता प्रयोग गरी पासपोर्ट लिए पनि अमेरिकाको नागरिकता भने ०७५ साल असार ६ गते मात्र त्यागेको विवरण पेस गरेका छन् । उनले नागरिकता परित्यागको प्रक्रिया थालेको विवरण सरकारी संयन्त्रलाई जानकारी गराए पनि परित्यागको प्रमाणपत्र लिइसकेको जानकारी नगराएको रिटकर्ता पक्षले जनाएको छ ।

    उनले नेपालको नागरिकता परित्याग गरिसकेपछि पुनः प्राप्तिका लागि आवश्यक प्रक्रिया पनि नअपनाएको कारण उनको सांसद पदको उम्मेदवारी नै खारेज गर्न माग गर्दै उजुरी परेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij