
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।
शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँच सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले प्रर्दशनीमार्गस्थित रत्नराज्य क्याम्पसमा पुत्ला दहन गरिएको हो ।
मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij