Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

बागमतीको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

बागमतीको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

  • काठमाडौँ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री सालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेशको मुख्य न्यायाधिवक्ता नेपाललाई नियुक्त गरेका हुन् ।

    images
    images
    images

    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँका अनुसार नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो ।

    उनी लामो समयदेखि कानुन व्यवसायीको रुपमा कार्यरत रहेका थिए । द्वन्द्वकालदेखि माओवादीमा रहेर उनले पार्टीको संगठन विस्तारमा योगदान दिँदै आएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij