
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । पर्यटकीय गन्तव्य खुलेसँगै मुस्ताङका पर्यटकीय गन्तव्य पनि खुलाउने सोचका साथ बृहत् सर्वपक्षीय भेलागरी यही पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरिएको छ । कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
मुक्तिनाथ मन्दिरका ब्राह्मण पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार पछिल्ला वर्षमा देशका विभिन्न भूभागबाट मुक्तिनाथ आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij