Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

  • काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।  

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बा २ ख ६००६ नम्बरको संयुक्त यातायात बसले सोही स्थानमा बस्ने ३ वर्षीया बालिकालाई ठक्कर दिँदा करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । 

    प्रहरीले खोटाङ हलेसी तुवाचुङ गाउँपालिका वडा नं ५ घर भई हाल बुढानिलकण्ठ तल्लो भंगालमा डेरा गरी बस्ने २५ वर्षीय देलिन्द्र राईलाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्‍जबाट घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij