Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • काठमाडौं । दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका-१३ दारेबोट चोकमा गएराति एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    images
    images
    images

    मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगर रहेका प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि भैरहवा पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

    रोल्पाबाट घोराही आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो । एम्बुलेन्स सहित चालकलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij