
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको प्रमुख सचेतक र उपनेताको जिम्मेवारी बाँडफाँट गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले दलको प्रमुख सचेतकमा सांसद सन्तोष परियार र उपनेतामा सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै रास्वपाबाट दल नेतामा पार्टी सभापति रवि लामिछाने छन् । उनी उपप्रधान तथा गृहमन्त्री छन् । रास्वपाबाट उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भइसकेकी छन् । यस्तै रास्वपा सांसदहरू डोलप्रसाद अर्याल श्रम मन्त्री, शिशिर खनाल शिक्षा मन्त्री र डा.तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएकी थिइन् ।
गत निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाबाट २० सांसदले संसदमा प्रतिनिधित्व गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij