Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

  • काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना निर्वाचित भएकी छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको शनिबारको बैठकमा उनलाई मतदान गर्ने पक्षमा १६६ मत खसेको थियो भने विपक्षमा ९७ मत खसेको थियो । मतदानमा जम्मा दुई सय ६४ मत खसेको थियो । एक जनाले भने मत दिएनन् ।

    रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा९माओवादी केन्द्र०का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन छन् ।

    रास्वपाकी रानालाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij