Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रदेश १ मा मन्त्रालयको बाँडफाँड सकियो, कसले पाए कुन मन्त्रालय ?

प्रदेश १ मा मन्त्रालयको बाँडफाँड सकियो, कसले पाए कुन मन्त्रालय ?

  • काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार साँझ मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गर्दै कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन् ।

    images
    images
    images

    जस अनुसार मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैंसँग राखेका छन् । एमालेबाट मन्त्री बनेका ताप्लेजुङका तिलकुमार मेन्याङबोले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने माओवादीबाट मन्त्री बनेका तेह्रथुमका दुर्गाप्रसाद चापागाइँले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    राप्रपाबाट मन्त्री भएका झापाका भक्तिप्रसाद सिटौलाले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाउँदा माओवादीबाट मन्त्री बनेका मोरङका जीवन आचार्यले पर्यटन वन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएका छन् ।

    एमालेबाट मन्त्री बनेका सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउँदा जसपाबाट मन्त्री बनेकी ताप्लेजुङकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij