
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले संघीय संसद भवन परिसरमा पुगेर उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् ।
उनको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन् । नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग छलफल गरी कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिएको छ । समानुपातिकतर्फबाट उनी कांग्रेस सांसद बनेकी थिइन् ।
उनले कांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन् । शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij