
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका प्रवक्ता मुकुल ढकालले शुक्रबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।
समानुपातिक कोटाबाट इन्दिरा सांसद बनेकी थिइन् । बिहीबार सभामुखमा देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनाेनयन दर्ताकाे कार्यसूची छ । शनिबार बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुँदैछ । सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij