
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलका ५७ सांसदको मत पाए ।
मुख्यमन्त्रीका लागि ४४ मत हावश्यक पर्छ । गिरीको पक्षमा ५७ मत पर्दा विपक्षमा २८ मत परेको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए । एमालेका नेता गिरीले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र २ जना स्वतन्त्र सांसदमा मत पाएका हुन् । विपक्षमा नेपाली कांग्रेस र जनमोर्चाले मत दिएका हुन् ।
मुख्यमन्त्री गिरी पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij