Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पोखरा विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४४ जनाको शव आफन्तले बुझे

पोखरा विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४४ जनाको शव आफन्तले बुझे

  • काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये ४४ जनाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ ।

    images
    images
    images

    पोखरामा परीक्षण गरिएका सबै २२ शव र काठमाडौंमा ल्याइएका ४९ मध्ये २२ वटा शव आफन्तले बुझेका छन् । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ। यसअघि ४९ शव पोखराबाट काठमाडौँस्थित शिक्षण अस्पताल ल्याइएको थियो ।

    पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौँमा परीक्षणका लागि ल्याइएको थियो । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले अन्य यात्रुका आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए । बुधबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । आज पनि बिहानै देखि हराइरहेका यात्रुको खोजी जारी रहेको बताए ।

    ६८ यात्रुसहित चार चालक दलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेती खोँचमा खसेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij