Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अर्थमन्त्री उवाच - 'अर्थतन्त्रको डुंगा असन्तुलित बन्दैछ'

अर्थमन्त्री उवाच - 'अर्थतन्त्रको डुंगा असन्तुलित बन्दैछ'

  • काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भूकम्प,कोरोना र नाकाबन्दीले ढाल्न नसकेको अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएकोे बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भूकम्प, कोरोना लगायका केही नहुँदा पनि यो अवस्था आउनु चिन्ताको विषय भएको बताएका हुन् ।

    AGNI GROUP

    सबै अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेकोले यसको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको मन्त्री पौडेलको भनाइ छ । उनले समस्याको पहिचान गरेर समाधानको बाटो खोज्न आफूले प्रयास गर्ने बताए ।

    राजस्व संकलन चिन्ताजनक अवस्थामा रहेको बताउँदै मन्त्री शर्माले समस्या समाधानका निम्ति आफूले तयारी गरिरहेको उल्लेख गरे । पुँजीगत खर्च नबढेको, निर्माण सामग्रीको अभाव लगायतका समस्या रहेको भन्दै उनले यसको समाधान गरिने बताए । अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ आफू लागेको उनले बताए ।

    सरकार निजी क्षेत्रको कुरा सुनेर अघि बढ्ने उनले बताए । निजी क्षेत्रलाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि यस क्षेत्रको सबै समस्या समाधान गर्ने गरि सरकार लाग्ने दाबी गरे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट