काठमाडौँ । लुम्बिनीका सभामुख तुलाराम घर्तीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा एक समारोहकाबीच प्रदेश प्रमुख अमिक शेरचनले घर्तीलाई शपथ गराएका हुन् ।
त्यसैगरी सभामुख घर्तीले उपसभामुख मेनुका खाँण केसीलाई शपथ गराएका छन् । उक्त समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुखसचिव सहित विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।