
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
सभापति देउवासँग भेटवार्ता गर्न अध्यक्ष नेपाल र यादव देउवा निवास धुम्वाराही पुगेका हुन् । तीन नेताबीच सभामुखको निर्वाचनबारे छलफल भएको बुझिएको छ । कांग्रेसले सभामुखमा उम्मेदवार उठाउने कि नउठाउने भनेर जारी पदाधिकारी बैठकमार्फत निर्णय गर्दैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij