Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचनको निराशाजनक परिणामका १० कारण सार्वजनिक गरेको छ। पार्टीको राजनीतिक समितिको बैठकका निर्णय सार्वजनिक गर्दै १० कारणसहितको सर्कुलर जारी गरेको प्रचार विभागले जनाएको छ।
मधेस प्रदेशमा आफ्नै पार्टीको नेतृत्व सरकारले प्रभावकारी काम गर्न नसकेको, पार्टी नीति सिद्धान्त अनुसार जनतामा जान नसकेको, उम्मेद्वार चयनमा त्रुटी भएको लगायतका कारण सार्वजनिक गरेको छ।
पार्टीले सार्वजनिक गरेका १० कारणहरु:-
१. मधेश प्रदेशमा आफ्नो नेतृत्वमा रहेको सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु, भएका कार्यहरुबारे जनताबीच पुर्याउन नसक्नु
२. पार्टीले लिएको नीति, विचार र सिद्दान्त तथा अग्रगामी परिवर्तनका मुद्दाहरु जनताबीच स्थापित गर्न र जनतालाई संगठीत गर्न नसक्नु
३. संगठनात्मक शक्तिको कमजोरी
४. साधन स्रोतको अभाव
५. उम्मेदवारी चयनमा त्रुटी
६. विगत दुई वर्षदेखि पार्टीभित्र उत्पन्न भएको आन्तरिक द्वन्द्व
७. पटक-पटक पार्टी विभाजन
८. देशभित्र आन्तरिक तथा बाह्य शक्तिहरुको चलखेल
९. पार्टीभित्र आन्तरिक अनुशासनको कमी
१०. केही अराजक र अनुशासनहीन नेतृत्व
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij