Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

  • काठमाडौं । माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भएका छन् । आज भएको मतदानमा २९ मत सहित उनी निर्वाचित भएका हुन् ।

    images
    images
    images

    सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।

    आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए । भण्डारीको पक्षमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले मत दिएका थिए । यस अघि लगातार २ पटक सम्म बहुमत नपाएर सभामुख निर्वाचित हुन नसकेको सुदूरपश्चिममा तेस्रो पटकमा भण्डारी निर्वाचित भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij