Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जसपाले बोलायो पदाधिकारी बैठक

जसपाले बोलायो पदाधिकारी बैठक

  • काठमाडौं । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । सरकारसँग सहमति भए मात्र सरकारमा जाने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए ।

    onlinepatrika
    Arghakhachi

    जसपाका केही मागहरू छन्, ती मागको सम्बोधन हुनुपर्‍यो, मन्त्रालय भागबन्डादेखि अन्य नियुक्तिमा पनि सम्मानजनक सहभागिता गराए मात्र सरकारमा जान्छौँ, उनले भने ।

    AGNI GROUP

    सरकारलाई समर्थन तथा विश्वासको मत दिनका लागि मात्र सत्ता साझेदारी दलसँग सहमति भएको थियो, उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने र उहाँलाई संसदमा विश्वासको मत दिने भनि सहमति भएको हो त्यसबाहेक अरु कुनै कुरामा सहमति भएको छैन, सहमति नै नगरिकन सरकारमा जाने कुरा हुँदैन ।’

    सरकारले  ल्याएको न्यूनतम साझा कार्यक्रममा केही कुराहरू समेटिएको थियो त्यही कारणले सरकारलाई समर्थन गरिएको हो, सरकारमा जाने विषयमा सरकारसँग थप छलफल भए मात्र सरकारमा जाने नजाने बारेमा निर्णय गर्ने अध्यक्ष यादवले बताए ।

    जसपासँग १२ जना सांसद छन् । उसले ३ वटा मन्त्रालय तथा उपराष्ट्रमा दाबी गरेको छ । राष्ट्रपति, सभामुख, उपसभामुख, उपराष्ट्रपति लगायत अन्य राजनीतिक तथा संवैधानिक नियुक्तिको विषयमा प्याकेजमै सहमति हुनुपर्ने जसपाले भन्दै आएको छ ।

    जसपाले उपलब्ध पदाधिकारीको बैठक बोलाएको छ । पार्टीमा छलफल गरेर थप निर्णय गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij