Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आजको मौसम : उच्च भू-भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु

आजको मौसम : उच्च भू-भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु

  •  काठमाडौं । आज पनि मौसममा आंशिकदेखि सामान्य बदली आएको छ । पहाडी क्षेत्रका केही ठाउँमा बादल देखिएको छ भने तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही ठाउँमा हिमपात हुने सम्भावना छ । बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहनेछ ।

    राति पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ । यो क्रम आगामी बिहीबारसम्मै कायम रहने महाशाखाले जनाएको छ ।

    बिहीबार भने हिमपातसँगै सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षाको पनि सम्भावना रहेको छ । यो वर्ष हिउँद जानै लाग्दा पनि वर्षा हुन सकेको छैन ।

    आज तराईको भू-भागमा हुस्सु र कुहिरो लागेका कारण सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij