Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गण्डकीको उपसभामुखमा विनाकुमारी थापा निर्वाचित

गण्डकीको उपसभामुखमा विनाकुमारी थापा निर्वाचित

  • काठमाडौं । गण्डकी प्रदेशको उपसभामुखमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छिन् । आज भएको प्रदेशसभामा सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेकी थापाले ३२ मत ल्याउँदै विजयी भएकी हुन् ।

    images
    images
    images

    सत्ता गठबन्धनको नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)र राप्राको संयुक्त गठबन्धनक थापाले ३२ मत ल्याएकी हुन् । कांग्रेसको तर्फबाट उमेदवार बनेकी पार्वती तामाङले भने २६ मत पाइन् । २७ सांसद रहेको कांग्रेसबाट टिकाकुमारी बस्याल भने अनुपस्थित थिइन् ।

    गण्डकीमा एमाले २२, माओवादी केन्द्र ७ (सभामुख बाहेक) र राप्रपाका दुई सांसद छन् । स्वतन्त्र निर्वाचित दिपक मनाङेले पनि उपसभामुखमा एमालेकै उमेदवारलाई मत हाले । गत शनिबार गण्डकीको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij