
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज माघ २ गते शोक बिदा दिएको थियो । साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
आइतबार बिहान काठमाडौँबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९ एनएनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना थिए ।
घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij