
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र आज सङ्कलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।
पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । शाहीका अनुसार पहिचान नभएका शवको डिएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डिएनए भोलि नै काठमाडौँ पठाइने उनले बताए ।
६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij