Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पोखरा विमान दुर्घटना अपडेट : हालसम्म कोही जीवित भेटिएनन्

पोखरा विमान दुर्घटना अपडेट : हालसम्म कोही जीवित भेटिएनन्

  • काठमाडौं । कास्कीको पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको जहाज तीन टुक्रामा परिणत भएको छ ।  कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज तीन टुक्रामा परिणत भएको देखिएको छ । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट कसैको पनि जीवित उद्धार गरिएको छैन ।

    images
    images
    images

    आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको (एनएएनसी) जहाज अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जहाज सेतीको खोँचमा खसेको हो । उद्धारकार्य जारी रहेको गण्डकी प्रहरी प्रदेश प्रमुख रामदत्त जोशीले बताए । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत खटिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij