
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सबीच भेटवार्ता भएको छ ।
बिहीबार दिउँसो जर्मन राजदूत प्रिन्सले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । उक्त भेटवार्तामा जर्मनीको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको प्रधानमन्त्री दाहालले बताएका थिए ।
दाहालले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वाससमेत व्यक्त गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । साथै संसदबाट बहुसंख्यक सांसदको समर्थन पाएकामा प्रधानमन्त्री दाहाललाई राजदूत प्रिन्सले बधाई पनि दिएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij