
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा मन्त्रिपरिषद् विस्तारका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । बुधबार पनि प्रचण्ड र ओलीबीच बालकोटमा छलफल भएको थियो । प्रधानमन्त्रीले विश्वासको मत पाएसँगै प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल थालेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij